बाग्लुङमा बिजुलीका नाङ्गो तारको व्यवस्थापन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

बाग्लुङमा बिजुलीका नाङ्गो तारको व्यवस्थापन सुरु

baglung nango taar

बाग्लुङ, २१ भदौ । नेपाल विद्युत प्राधिकरणले बाग्लुङ जिल्लामा करेन्ट लागेर मृत्यु हुनेको संख्या वढ्न थालेपछि बिजुलीका नाङ्गो तार व्यवस्थापन गर्न थालेको छ । प्राधिकरणले विद्युत चुहावट र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्नका लागि नाङ्गोे तार विस्थापन सुरु गरेको हो ।

बजार भित्रका शाखा लाइनमा नाङ्गो तारको सट्टा इन्सुलिटेड केवल जडान गरिएको बिद्युत प्राधिकरण बाग्लुङले जनाएको छ । नयाँ तार जडान गर्ने ठेक्का पाएको वाईवा इन्फाटेक कम्पनीले यसै सातादेखी काम थालेको इन्जिनियर शुनिल लामाले बताए । उनले इन्सुलिटेड तार एउटै हुने र त्यसमा प्लाष्टिकले बेरिएको हुने भएकाले करेन्ट नलाग्ने जानकारी दिए।

बिद्युत प्राधिकरण बाग्लुङ बितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले बजार क्षेत्रमा एक महिना भित्र नाङ्गो तार हटिसक्ने जानकारी दिनुभएको छ । ३ वर्ष यता बाग्लुङमा विद्युतिय लापरवाहीबाट १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);