बाग्लुङ, २१ भदौ । बाग्लुङमा करेन्ट लागेर मृत्यु हुनेको संख्या वढ्न थालेपछि बिजुलीका नाङ्गो तार व्यवस्थापन गर्न थालिएको छ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्नका लागि नाङ्गोे विस्थापन शूरु गरेको हो । बजार भित्रका शाखा लाइनमा भएको नाङ्गो तारको सट्टा इन्सुलिटेड केवल जडान गरिएको बिद्युत प्राधिकरण बागलुङले जनाएको छ । नयाँ तार जडान गर्ने कामको ठेक्का पाएको वाईवा इन्फाटेक कम्पनीले यसै सातादेखी काम थालेको इन्जिनियर शुनिल लामाले बताए ।
उनले इन्सुलिटेड तार एउटै हुने र त्यसमा प्लाष्टिकले बेरिएको हुने भएकाले करेन्ट नलाग्ने जानकारी दिए । बिद्युत प्राधिकरण बाग्लुङ बितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले बजार क्षेत्रमा एक महिना भित्र नाङ्गो तार हटिसक्ने जानकारी दिएका छन् । ३ वर्ष यता वाग्लुङमा विद्युतिय लापरवाहीबाट १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।




