दार्चुलामा जीआई तार प्रयोग गरी विद्युत् आपूर्ति, स्थानीय जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बासुदेव बडू, १२ भदौ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८, डाँडाबजानीमा चार वर्षदेखि तटबन्धमा प्रयोग हुने जीआई तार प्रयोग गरी विद्युत् आपूर्ति गरिएको छ । सुरक्षा जोखिम बढिरहँदा पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि विद्युत् प्राधिकरणले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

 

दार्चुलाको डाँडाबजानीमा २०६९ साल फागुनदेखि भारतबाट आयात गरी विद्युतीकरण गरिएको हो । रुखका हाँगामा लापरबाहीपूर्ण ढंगले तारहरु टाँगिएका छन् । सुरक्षा जोखिम धेरै छ तर विद्युत् पोल र तारको व्यवस्था गर्ने विषयमा विद्युत् प्राधिकरणले कुनै चासो देखाएको छैन ।

 

विद्युत् प्राधिकरण शाखा कार्यालयले भने बजेट अभावका कारण तार तथा पोल व्यवस्थापनमा समस्या भएको जनाएको छ । विद्युत् प्राधिकरण दार्चुलामा पटक–पटक जानकारी गराउँदा पनि विद्युत पोल र तार उपलब्ध हुन नसकेको शाखा कार्यालय प्रमुख रामदिनेश चौधरीले बताए ।

 

शाखा कार्यालय प्रमुख चौधरीका अनुसार डाँडाबजानीमा मात्र नभएर जिल्लाका अन्य गाउँमा पनि तटबन्धमा प्रयोग हुने जीआई तार प्रयोग गरी विद्युतीकरण गरिएको छ । गाउँ–गउँमा विद्युतीकरण अनिवार्य छ तर विद्युतीकरणपछिको सम्भावित जोखिमतर्फ भने नेपाली विद्युत् प्राधिकरण बेलैमा सचेत हुन जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);