बाँकेमा बलात्कारका घटना बढ्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बाँकेमा बलात्कारका घटना बढ्दै

rape

बाँक, २१ भदौ । पछिल्लो समयमा बाँके जिल्लामा बलात्कारका घटना वढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षमा ३५ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् ।

यो संख्या आर्थिक वर्ष २०७४/०७५ मा २१ वटा मात्रै थियो । बाँकेमा बलात्कारका अधिकांश उजुरीमा केही वाहिरका भएपनि धेरैजसो घरभित्रबाटै शिकार हुनु परेको जनाइएको छ ।

देशैभर बलात्कारका घटना वढ्न थालेपछि बाँकेमा पनि जनचेतना कार्यक्रम आवश्यक भएको प्रहरीको भनाई छ । सरोकारवालाहरुले पछिल्लो समयमा बलात्कारका घटना बढेको भन्दै घर भित्र वा बाहिर समेत सचेत हुने बेला आएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);