Our Network

वैशाख २४ २०७८, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एकजनाको मृत्यु

सुबास चौलागाई भक्तपुर
भक्तपुर । भक्तपुरको मध्यपुरथिमीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने ३२ वर्षका महेश शाह रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको बा ५३ प ६९३९ नं. को मोटरसाइकल अरनिको राजमार्ग अन्तर्गत एसएस चोक नजिक दुर्घटना भएको हाे। मोटरसाइकल अनियन्त्रित भई बाँया तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरी तिब्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका महेन्द्र शाहको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply