टिपर दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

टिपर दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

ताप्लेजुङ , १७ चैत । ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको टिपर दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । अन्य २ जना घाईते भएका छन् ।

सोमबार राति १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको टिपर बाटो मोड्ने क्रममा अन्दाजी २५ मिटर तल खसि दुर्घटना भएको थियो ।

दुर्घटनामा टिपर चालक सिन्धुली कमलामाई–४ बस्ने २४ वर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दी–६ किर्ती गाँउ बस्ने १८ वर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक–२ थेचम्बु बस्ने २० वर्षीय मन्दिप लिम्बु घाईते भएका थिए ।

घाईते मध्ये सहचालक कृष्ण बिकको मृत्यु भएको छ । उनको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य २ जना घाईतेको झापाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);