सवारी दुर्घटनामा परी एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

काभ्रे। रोशी गाउँपालिका-९ तिनथले बेशीस्थित सडकमा बा.५ ख ४७०२ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार रामेछाप सुनापाती गाउँपालिका-५ बस्ने ३३ वर्षीय भिमसेन यसमाली मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका २ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भन्ने टिपर चालक ३६ वर्षीय कृष्ण बहादुर रानामगरलाई सोही अस्पताल हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);