चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ती तत्काल रोक्न डा. केसीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ती तत्काल रोक्न डा. केसीको माग

govinda kc recent news

काठमाडौं, २६ असार । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गर्नु भएको छ ।

बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर केसीले चिकित्सा शिक्षा आयोगको संस्थापक उपाध्यक्ष राजनीतिक दलको कार्यकर्ता बन्न सक्ने भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले राजनीतिक दलको कार्यकर्ता आयोगको उपाध्यक्ष बनेमा चिकित्सा क्षेत्र नै अस्तब्यस्त हुने उल्लेख गर्नुभयो ।

डा. केसीले आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्य क्षमता प्रमाणित भईसकेको व्यक्ति नियुक्त गर्न सरकारलाई सचेत पनि गराउनु भयो । उहाँले त्यसो नगरिए सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भयो ।

सरकारले चिकित्सा शिक्षा ऐेन बनेको ४ महिनापछि चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिने प्रक्रिया अघि बढाएको थियो । प्रक्रिया अनुसार उपाध्यक्ष चयनका लागि सिफारिस समितिले योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको थियो । त्यसमा ६ जनाले आबेदन दिएका छन । डाक्टर केसीले उक्त प्रक्रिया रोक्न समेत माग गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);