रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ

काठमाडौं ।

रसुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौं स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् । सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था –इप्पान) ले जनाएको छ । निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ७६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । एन्ड्रिज हाइड्रोका यी कर्मचारीहरूमध्ये आधा नेपाली र आधा विदेशी नागरिक हुन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी पनि सम्पर्कमा छैनन्, जसमा ८ जना कोरियन नागरिक रहेका छन् । यसैगरी, परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना कर्मचारी पनि बेपत्ता भएको सूचना प्राप्त भएको छ ।

आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना र विद्युतगृह (पावर हाउस) क्षेत्रमा २०० भन्दा बढी व्यक्तिहरू उद्धारको पर्खाइमा रहेका छन् । २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा बुधवारदेखि ६० जना व्यक्ति थुनिएका छन् । सम्पर्कविहीन हुनेहरूमा २५ जना कर्मचारी र ३५ जना कामदार रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात छ । विकासकर्ता कम्पनीले उद्धारका लागि पहल गरे तापनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा कठिनाइ भइरहेको छ । १११ मेगावाटको रसुवागढी आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । तिमुरे क्षेत्रमा ३ जना कामदारले भने अग्लो स्थानमा उक्लिएर ज्यान जोगाउन सफल भएका छन् । हाल त्यस क्षेत्रमा कुनैपनि सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन । ५ मेगावाटको मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी बुधवारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत अवलोकन गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ । १ सय २० मेगावाटको रसुवा भोटेकोशी आयोजनाका सिभिल कन्ट्रयाक्टर सिनो हाइड्रोका २ जना कामदार बेपत्ता भएका छन् । अन्य ५ जना कर्मचारी (३ चिनियाँ र २ नेपाली) भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरू हाल उद्धारको प्रतिक्षामा छन् र उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।–

Leave a Reply

ताजा समाचार