पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो सार्वजनिक

shalikram

काठमाडौं, ३० साउन । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गर्नुअघि खिचिएको भिडियो सार्वजनिक भएको छ ।

यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ । पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन् । पुडासैनीको रुँदै बोलिरहेको भिडियो करिब ११ मिनेटको रहेको छ ।

नुवाकोट बेलकोटगढी ३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्महत्या गरेको विषयले केही समय यता नेपाली पत्रकारिता क्षेत्रलाई तरंगित गरेको छ । भिडियो सार्वजनिक भए पनि भिडियो र पुडासैनीको आत्महत्याका सम्बन्धमा प्रहरीको थप आधिकारिक भनाई अहिलेसम्म सार्वजनिक भएको छैन । चितवन जिल्ला प्रहरी कार्यालयले यस अघि नै घटनाबारे अनुसन्धान भइरहेको मात्र जनाएको छ । प्रहरीको अनुसन्धान जारी रहेकोले यसबारेमा थप सत्य तथ्य छिटै नै सार्वजनिक हुनेछ भन्ने विश्वास माउण्टेन टेलिभिजनले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);