सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जना भन्दा बढी बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जना भन्दा बढी बेपत्ता

सिन्धुपाल्चाेक । अविरल वर्षाका कारण सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने नदी तटीय क्षेत्रमा भएका रिसोर्ट तथा ईको रिसिोर्ट गरी आधा दर्जन रिसोर्ट बगाएको छ ।

बाढीका कारण नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । त्यसैगरि दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको बताइएको छ ।

अविरल वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयसँग सम्पर्क गर्न कठिनाइ भएको जल्ला समन्वय समिमितिले जनाएको छ । यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ ।

मेलम्ची बजारसहित मेलम्ची र इन्द्रावती नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो । अहिले उद्दारकार्य जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);