काठमाडौं जिल्लामा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

काठमाडौं जिल्लामा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

काठमाडौं। काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ देखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको खोपको मात्र अपुग भएकाले खोप अभियान स्थगित भएको हो।

शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले एक सूचना जारी गर्दै साउन २ गते अर्थात शनिबारसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्य बद्री बहादुर खड्काले जानकारी दिएका छन् ।

सरकारले ५५ बर्ष माथिका जेष्ठ नगरिकलाई भेरोसेल खोपको पहिलो मात्र दिने बताएको भएपनि विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले समेत यसैपटक भेरोसेल खोप दिने बताएको थियो ।

Leave a Reply

ताजा समाचार