काठमाडौंमा कोरोनाविरुद्धको खोप अभियान स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौंमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि खोप अभियान स्थगित गर्ने जनाएको हो ।

काठमाडौंमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले बताएको छ ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो । चीनले भेरोसेल खोप नेपाललाई आठ लाख डोज अनुदानमा दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);