साझा प्रकाशनलाई बचाउनका लागि सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्नेमा दाहालले जोड दिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

साझा प्रकाशनलाई बचाउनका लागि सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्नेमा दाहालले जोड दिए

Prachandaaa

काठमाडौं, २१ फागुन । आर्थिक रुपमा संकटग्रस्त बन्दै गएको साझा प्रकाशनलाई बचाउनका लागि सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जोड दिएका छन ।

माओवादी नेता दिनानाथ शर्माद्धारा लिखित बाह्रखरिको बोटमुनी नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले साझा प्रकाशन आर्थिक संकटमा पुग्नु दुखद भएको भन्दै चिन्ता व्यक्त गरेका हुन । नेपाली पुस्तक लेखनको इतिहासमा महत्वपूर्ण योगदान दिएको साझालाई बचाउनुपर्ने उनको तर्क थियो । पुस्तक विमोचन कार्यक्रममा नेपाली साहित्यमा संलग्न व्यक्तिहरुले साझा प्रकाशन धरासायी बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।

साझा प्रकाशन पुरानो तथा धेरै लेखकहरुको लागि सहि मार्गदर्शन प्रमाणीत भएको साहित्यकारहरुले बताएका छन । पछिल्लो समय साझा प्रकाशन आर्थिक रुपमा कमजोर बन्दै जाँदा विगतमा जस्तो पुस्तक प्रकाशनसमेत गर्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);