सोमबार सेयर बजार दोहोरो अंकले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सोमबार सेयर बजार दोहोरो अंकले गिरावट

काठमाडौं, २१ फागुन । खुलेको आधा घण्टासम्म नेप्से परिसूचक निरन्तर उकालो लागेपनि अन्ततः सेयर बजार घटेर बन्द भएको छ ।

१ हजार ३ सय १९ दलशमव ५१ अंकसम्म पुगेको बजार अन्ततः १५ दशमलव ६९ अंकले घटेर बन्द भएको हो । व्यापार र होटलबाहेक कारोबार भएका सबै उपसूचक ओरालो लागेका छन् ।

बीमा समूह सबैभन्दा धेरै १ सय १९ दशमलव २१ अंकले घटेको छ । बजार निरन्तर ओरालो लाग्न थालेपछि कारोबार रकममा पनि गिरावट आएको छ ।

दिनभरिमा १ सय ५३ वटा कम्पनीको नौ लाख ७७ हजार ४७ कित्ता सेयर खरिदविक्री हुँदा ३९ करोड ५२ लाख १७ हजार रुपैयाँको करोबार भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);