सरकारको श्वेतपत्रले रोकेन सेयर बजारको गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारको श्वेतपत्रले रोकेन सेयर बजारको गिरावट

काठमाडौं, १८ चैत । साताको पहिलो दिन आज सेयर बजार २४ दशलमलव ०५ अंकले घटेर १ हजार १ सय ९६ दशमलव २४ अंकमा कायम भएको छ । सबै उपसूचक घटेका छन् ।

सबैभन्दा धेरै बीमा समूह १ सय ४८ दशमलव ७७ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त पनि घटेका छन् । दिनभरिमा १ सय ५७ वटा कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता सेयर किनबेच हुँदा ३१ करोड २३ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार संसदमा श्वेतपत्र जारी गर्दै सेयर बजारका बिषयमा गरेको टिप्पणीको प्रत्यक्ष असर देखिएको छ । खतिवडाले संसदमा नेपालको सेयर बजार सतही र संकुचित भएको बताएका थिए । उनले नेपालको पुँजी बजार सबल र भरोसा योग्य पनि नभएको टिप्पणी गरेका थिए ।

यसअघि गत साताको पहिलो कारोबार दिन ५२ अंकले ओरालो लागेको नेप्से परिसूचक श्वेतपत्रले सेयर बजारलाई सम्बोधन गर्दैछ भन्ने हल्ला चलेपछि उकालो लागेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);