साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं, ८ चैत । साताको अन्तिम दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १० दशमलव ६३ बिन्दुले ओरालो लागेर १ हजार २ सय २० दशमलव ४४ बिन्दुमा आइपुगेको छ ।

 ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९९ बिन्दुले ओरालो लागेर २ सय ६० दशमलव ४१ बिन्दुमा पुगेको छ ।

आज कूल १ सय ५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता सेयर किनबेचबाट ४३ करोड ८२ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ । आज नौ वटै सूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो । हिजो पनि सेयर बजार २४ दशमलव ४० अंकले ओरालो लागेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);