चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर

china jahag

काठमाडौं, ९ चैत । नेपाल वायुसेवा निगमले एक महिनाअघि दुई थान नयाँ चिनियाँ जहाज ल्याए पनि उडाउन सकेको छैन ।

आएदेखि घाममा सेकाएर राखिएका ती जहाजमाथि थप विपत्ति आइलागेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफ्नै ह्यागंर छेउ रहेका ती दुईमध्ये एक जहाजमा विदेशबाट आएको बी ७६७ सिरिजको ठूलो (वाइड बडी)आकारको जहाजले ठक्कर दिएको थियो ।

निगमका एक उच्च अधिकारीले भने,

यसै पनि घाम तापिरहेको जहाज, त्यसमाथि पनि ठूलो जहाजले ठक्कर दिएपछि अब कति महिना थन्किने हो ठेगान छैन । एउटा जहाज ठक्करपछि थन्किएको छ भने अर्को नयाँ जहाज निगमकै इन्जिनियरको लापरबाहीले थन्किन पुगेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);