पर्यटन निगमले वाइड–बडी भित्र्यायो, पहिलो गन्तव्य दोहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पर्यटन निगमले वाइड–बडी भित्र्यायो, पहिलो गन्तव्य दोहा

nepal airlines

काठमाडौं, १५ असार । नेपाल वायु सेवा निगमले खरिद गरेको पहिलो वाइड–बडी जहाज काठमाडौं अवतरण गरेको छ । निगमले पहिलोपटक खरिद गरेको वाइड–बडी जहाजको बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

सरकारी ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब रुपैयाँ ऋण लिएर निगमले यो जहाज खरिद गरेको हो । दुईवटा वाइड–बडी किन्ने सम्झौता गरेको निगमको दोस्रो जहाज पनि एक महिनापछि नै आउने छ । युरोपलगायत लामो दूरीमा व्यावसायिक उडान गर्न जहाज किन्न चर्चा भएको लामो समयपछि निगमले एयरबसको ए ३३०–२०० सिरिजको वाइड–बडी जहाज ल्याएको हो । जहाज किन्नका लागि प्रक्रिया थालेको करिब २ वर्षपछि भित्रिएको एयरलाइन्सको पहिलो जहाज निर्माता कम्पनी एयरबसका पाइलटले नै ल्याएका हुन् ।

निगमले लामो दूरीमा उडान गर्न मिल्ने २ सय ७४ सिट क्षमताको जहाज ल्याएको छ । यसमा १८ विजनेस क्लास सिट छन् । उक्त जहाजमा २–२–२ फम्र्याटका १८ बिजनेस क्लास, २–४–२ फम्र्याटका इकनोमी क्लासका सिट रहेका छन् । एउटा जहाजको १० करोड ४८ लाख अमेरिकी डलर मूल्य निर्धारण गरिएको थियो । नयाँ वाइड–बडी जहाजको नाम अन्नपूर्ण राखिएको छ भने यसको नेपाली दर्ता नम्बर ‘नाइनएन एएलवाई’ रहेको छ ।

नयाँ जहाज ल्याएपछि यसको व्यवस्थापनमा जोड दिनुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । “निगमले नयाँ जहाज ल्याएको छ, यो खुसीको कुरा हो,” मन्त्री अधिकारीले भने, “अब स्तरीय सेवासहित अरुलाई उछिन्नुपर्ने चुनौती पनि सँगै छ ।” सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेकाले नयाँ जहाजले यसको सफलताका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने मन्त्री अधिकारीको भनाइ छ । “हामीले २०२० लाई भ्रमण वर्ष घोषणा गरेका छौं, यसमा त नयाँ जहाजको महत्वपूर्ण भूमिका हुन्छ नै,” उनले भने, “त्योभन्दा धेरै दीर्घकालिन फाइदा देशको पर्यटन प्रवद्र्धनमा पुग्ने छ ।”

निगमका प्रबन्ध निर्देशक सुगरत्न कंसाकारले वाइड–बडी जहाजबाट नेपाल एयरलाइन्समात्र भन्दा पनि देशकै पर्यटन उद्योगमा कोशेढुंगाको रुपमा सावित हुने बताए । यो जहाजले एकैपटक धेरै यात्रुमात्र होइन लामो दूरीमा सिधा उडान गर्न सक्ने भएकोले नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्न सहयोगी हुने कंसाकारको भनाइ छ । “वाइड–बडी जहाज आएसँगै हामी यो जहाजमार्फत युरोप, अमेरिका, जापानलगायत गन्तव्यमा उडान भर्न सक्छौं,” उनले भने, “यसले पर्यटकलाई नेपाल आउन सजिलो हुनेछ र निगमले पनि राम्रो व्यापार गर्नसक्छ ।” नेपालमा विदेशी पर्यटक कम आउनुको कारण महँगो र झन्झटिलो हवाई यात्रा रहेको उनको भनाइ छ । अब राष्ट्रिय ध्वजावाहकले युरोप तथा अमेरिकाका मुख्य हब विमानस्थलमा काठमाडौंबाट सिधा उडान गर्ने कंसाकारले घोषणा गरे ।

जहाज आएपछि सुरक्षा, मर्मतसम्भार र दैनिक कार्य सञ्चालनलाई चुस्तदुरुस्त बनाउनु पर्ने र सबैले त्यसैगरी काम गर्नुपर्ने उनको भनाइ छ । जहाज आएपछि यसको सञ्चालन र व्यवस्थापनमा ध्यानु दिनुपर्ने उल्लेख गर्दै मन्त्री अधिकारीले पनि नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन सन् २०१९ भित्रै थप २ न्यारो बडी जहाज खरिदको लागि सैद्धान्तिक सहमति दिइसकिएको बताए ।

२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग जहाज खरिद सम्झौता गरेको थियो । ०७३ कात्तिकमा जहाज किन्न गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुई वटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो । निगमको अर्को वाइड–बडी जहाज २५ जुलाईमा आउने कंसाकारले जानकारी दिए । बिहीबार आएको जहाजले नागरिक उड्डयन प्राधिरणबाट अनुमति पाएपछि अगष्ट १ ९साउन १६०बाट नियमित उडान सुरू गर्ने निगमले जनाएको छ । पहिलो उडान भने कतारको दोहा हुनेछ ।

दक्षिण कोरियाको इन्छन विमानस्थलमा उडान गर्ने घोषणा गरेको भए पनि नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न नपाइने भएकोले ३ महिना पुरानै गन्तव्यमा उडान गर्न लागिएको कंसाकारको भनाइ छ । २ वाइड–बडी उडानका लागि १६ जना क्याप्टेन पाइलट चाहिने भएपनि निगमले अहिलेसम्म २ जनामा तयार पारेको छ । बाँकी पाइलटको लागि विदेशी कम्पनीहरूसँग कुरा भइरहेको एयरलाइन्सले जनाएको छ । एउटा वाइड–बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छ । यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट निगमले नै तयार गरिरहेको र अहिले २ जनामात्र क्याप्टेन तयार भएको कंसाकारले जानकारी दिए । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);