वाइड बडी खरिद अनियमितता छानबिनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वाइड बडी खरिद अनियमितता छानबिनमा

wide body plane

काठमाडौं, १२ भदौ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको बताए । निगमले दुईवटा वाइड बडी विमान खरिद गर्दा देखिएका र सार्वजनिक भएका सम्पूर्ण विषयवस्तु छानबिन गर्न लगाएको र समितिले तयार पारेको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए। ‘सिधै खरिद नगरी दलाल खडा गरेर खरिद गरिएको विषय गम्भीर छ’, अधिकारीले सोमबार अन्नपूर्णसित भने, ‘हामी हेर्दैछौं, जे जे कुरा उठेको हो, एक एक गरी हेर्छौं ।’

समितिमा निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक रितेशराज पन्त, निगमकै सञ्चालक समितिका सदस्य सचिव अशोक सिग्देल, प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य छन् । निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानमा ५२ लाख अमेरिकी डलर बढी तिरिएको, सीधा खरिद नगरी चारवटा दलाल राखिएको, म्यानिफ्याक्चरिङ सिरियल नम्बर (एमएसएन) नै फरक पारी विमानको भारवहन क्षमता (म्याक्सिमम टेक अफ वेट) घटाइएको लगायतका अनियमितता भएका विषयमा अन्नपूर्णले खोजमूलक समाचार प्रकाशित गरेको थियो ।

महालेखा परीक्षकको २०७४/७५ को ५५ औं वार्षिक प्रतिवेदन (पेज नं ४८, बुँदा नं १४२) मा ‘एयर बस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफी जारी गर्नु र त्यसपछि तीन, चारवटा दलाल खडा गरी खरिद प्रक्रिया अघि बढाउनु कानुनविपरीत भएको’, उल्लेख छ ।

यता मन्त्री अधिकारीले छानबिन गर्न समिति गठन गरे पनि उक्त समितिलाई निगमले असहयोग गरेको पाइएको छ । समितिलाई १५ दिन भित्र वाइड बडी जहाज खरिद गर्दा आरएफपीमा मागिए भन्दा फरक परेको म्याक्सिमम टेक अफ वेट (एमटीओडब्ल्यु), आरएफपीमा मागिएका उपकरण के कति आएका छन् । निगमले मागेको भन्दा कुन उपकरणमा कति फरक प¥यो भन्नेसहितको विषयमा छानबिनको कार्यगत शर्त दिएको थियो ।

छानबिन सुरु गरेको १५ दिनमा प्रतिवेदन बुझाउनुपर्ने भए पनि एक साता बितिसकेको छ । यो बीचमा दुईवटा बैठक भएको छ । उक्त बैठकबाट आवश्यक कागजात निगमले उपलब्ध गराउने निर्णय गर्दै समितिले डकुमेन्ट मागेको थियो । निगमले समितिलाई हालसम्म कागजात उपलब्ध गराएको छैन । ‘निगमले छानबिन नगरिदेओस् भन्ने आशय व्यक्त गरेर डकुमेन्ट उपलब्ध गराएको छैन’, समितिका एक सदस्यले अन्नपूर्णसित भने ।

समितिलाई आवश्यक डकुमेन्ट उपलब्ध नभएको विषयमा छानबिन समितिले मन्त्रीलाई अवगत गराइसकेको छ । मन्त्री अधिकारीले भने केही समय पर्खनुस् भनेकोले छानबिनको काम रोकिएको ती सदस्यले जानकारी दिए । छानबिन समितिलाई वाइड बडी जहाज बाहेक यसअघि निगमकै एयरवस ए ३२० नामक न्यारोबडीको इन्जिनमा समस्या आएर दिल्लीमा लामो समय ग्राउन्डेड भएको, इन्जिन मर्मत गरेर चलाएको सोही जहाज फेरि दोहामा बिग्रिएको विषयमा छानबिन गर्न कार्यदेश दिएको छ ।

दिल्लीमा बिग्रिएकै इन्जिन मर्मत गरेर दोहामा पठाएको भनिए पनि उक्त इन्जिन मर्मतमा शंका उत्पान्न भएकोले छानबिन गर्न लागिएको हो । समितिले वाइडबडी जहाज बिना अनुमति दिल्ली पठाएको र ३ घण्टासम्म इन्जिनियरले उडाउन अनुमति नदिएको विषयलाई पनि छानबिनको दायरामा राखेको छ । यस सम्बन्धमा निगमका महाप्रबन्धकलगायतका पदाधिकारी सम्पर्कमा आउन चाहेनन् । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);