वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितताबारे छलफल गर्न सरकारलाई बोलायो | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितताबारे छलफल गर्न सरकारलाई बोलायो

nepal airlines

काठमाडौं, ५ मंसिर । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

मंगलबारको समिति बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

समितिका सभापति भरत साहले दुवै ठूला जहाज ल्याउँदाका सम्पूर्ण प्रक्रियाको कागजातसहित पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल तथा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई आउँदो आइतबार दिउँसो १ बजे बोलाएको छ ।

ताजा समाचार