सेयर बजार आज पनि ओरालो | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

सेयर बजार आज पनि ओरालो

काठमाडौं ।    सेयर बजार शुक्रवार पनि घटेर राताम्मे भएको छ । बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

२२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार४८८ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो ।

मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नविन ब्यालेन्स फन्डको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply