सेयर बजार ४५ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सेयर बजार ४५ अंकले घट्यो

काठमाडौं। सेयर बजार करिब ४५ अ‌ंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे  दिन बढेकाे सेयर बजार तेस्राे दिन म‌ंगलबार ओरालाे लागेकाे हाे।
सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।  सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ। बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ । साेमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा मंगलबार २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो।

गणपति लघुवित्त कम्पनीको सेयर करिब सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको सेयर नाै प्रतिशतभन्दा धेरैले बढेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);