लगातार घटिरहेको सेयर बजारमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लगातार घटिरहेको सेयर बजारमा सामान्य सुधार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । लगातार घटिरहेको सेयर बजार आज भने सामान्य सुधार भएको हो ।नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ। आज जीवन बीमा र उत्पादन समूहको सेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको सेयर भने घटेको छ । आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता सेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

नेप्से सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);