महिला फुटबलमा एपिएफको २६ गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिला फुटबलमा एपिएफको २६ गोल

sabitra b

काठमाडौं,१८ पुस । राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको वर्षा भएको दोस्रो दिन सोमबार नेपाल आर्मी र एपिएफले रबाफिलो जित दर्ता गराएका छन् ।
एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपाल आर्मीले पश्चिमाञ्चलाई १२–० ले पराजित गर्दा एपिएफले मध्यपश्चिमाञ्चललाई २६–० ले पराजित गरेको छ ।
एपिएफको जितमा साबित्रा भण्डारीले १२, अनिता केसीले ५, अञ्जली योन्जनले ४, रेखा पौडेलले २ र अनिता बस्नेतले एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा गोल गर्दै एपिएफका लागि खाता खोलेकी सावित्राले १५औं, १७औं, २४औं, ३४औं, ४०औं, ४७औं, ५२औं, ५८औं, ७७औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्र्दै तेहेरो ह्याट्रिक पूरा गरेकी थिइन् ।

अनिताले ११औं, १६औं, ४४औं, ७२ औं र ५१औं मिनेटमा गरी ५ गोल गर्दा अञ्जलीले २९औं, ३९औं, ४९औं, ८८औं मिनेटमा ४ गोल गरिन् । त्यस्तै रेखाले ६५ र ७८ तथा अनिताले १८औं मिनेटमा एक गोल गरे ।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा आर्मीको जितमा दीपा राईले ५, कप्तान कृष्णा खत्रीले ह्याट्रिक, इन्दिरा राईले दुई तथा पूजा राना र शर्मिला थापाले समान १र१ गोल गरे ।
२७औं मिनेटमा कृष्णाले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । उनले ४९औं र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।
दीपाले ४४औं, ६३औं, ६९औं, ७८औं र ८२औं मिनेटमा गोल गरिन् । त्यस्तै इन्दिराले ७२औं र ७५औं मिनेटमा गरी दुई गोल गर्दा पूजाले ३६औं र शर्मिलाले ५४औं मिनेट गरी समान १र१ गोल गरे ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);