नादेज्दा कप : फुटबल नेपाल र उज्वेकिस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

नादेज्दा कप : फुटबल नेपाल र उज्वेकिस्तान भिड्दै

FOOTBALL

एजेन्सी, २६ भदौ ।  किर्गीस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने चार बजेदेखि सुरु हुने भएको हो ।

पहिलोपटक सहभागिता जनाएको नेपालले आजको खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै इतिहास रच्ने दाउमा छ । फिफा बरियतामा नेपाल १ सय १ औं स्थानमा रहेको र उज्वेकिस्तान ४४ औं स्थानमा रहेका राष्ट्र हुन् । नेपालले आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तर र ताजकिस्तानलाई १– गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको लागि नेपाल किर्गीस्तान पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);