युरो कप छनोट : एन्डोरामाथि फ्रान्सको सहज जित, पेनाल्टिमा पुनः चुके ग्रिजम्यान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

युरो कप छनोट : एन्डोरामाथि फ्रान्सको सहज जित, पेनाल्टिमा पुनः चुके ग्रिजम्यान

france

एजेन्सी, २५ भदौ । युरो कप छनोट अन्तर्गतको खेलमा फ्रान्सले एन्डोरा माथि ३–० गोलको जित दर्ता गरेकोे छ । समुह एच को मङ्गलबार भएको खेलमा फ्रान्सले एन्डोरालाई हराएको हो ।

खेलको १८ औँ मिनेटमा नै किंग्सले कोमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ५२ औ मिनेटमा ग्रिजम्यानको क्रसलाई सदुपयोग गर्दै लेङ्लेटले फ्रान्सको अग्रता दोब्बर पारेका थिए । विसम बेन याडरले खेलको ईन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाएका हुन् । खेलमा फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यान पुनः पेनाल्टीमा चुकेका छन् ।

उनी अघिल्लो खेलमा पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए । ग्रिजम्यानले पेनाल्टी खेर फालेपनि आईतबार भएको खेलमा फ्रान्सले अल्बानियालाई ४–१ ले हराएको थियो । यो जितसँगै फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको टर्कीको पनि समान १५ अंक छ । एन्डोरा भने अंक विहिन हुदै तालिकाको पुछारमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);