युरो कप छनोट : लियुनामाथि पोर्चुगलको सहज जीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

युरो कप छनोट : लियुनामाथि पोर्चुगलको सहज जीत

uropa

एजेन्सी, २५ भदौ । युरोकप छनोट खेलमा पोर्चुगलले लियुनामाथि सहज जीत निकालेको छ । मंगलबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको चार गोल र विलियम कार्भाल्होको १ गोलको सहयोगमा पोर्चुगलले लियुनालाई ५–१ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

खेलको ७ औं, ६१ औं, ६५ औं र ७६ औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए यता खेलको २८ औं मिनेटमा लुथानियाका लागि आन्द्रेयुसके विसियसले एक गोल गरेका थिए । समुह बी को दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ भने एक अंक मात्र जोडेको लिथुनिया तालिकाको पुछारमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);