नादेझ्दा कप : उज्वेकिस्तानद्धारा नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नादेझ्दा कप : उज्वेकिस्तानद्धारा नेपाल पराजित

Nepal-Womens-National-football-team

काठमाडौं, २३ भदौ । किर्गीस्तानमा जारी नादेज्दा कप फुटबलको दोस्रो खेलमा नेपाल पराजित भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो ।

पहिलो हाफको ३४ औँ मिनेटमा गोल खाँदै १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । नेपालले खेलको ५१ औं मिनेटमा दोस्रो गोल खाएको थियो । पहिलो खेलमा घरेलु टोली किर्गीस्तानलाई ८–२ ले हराउँदै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग पराजय बेहोरेको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);