आईपीएल : सन्दीपको उत्कृष्ट प्रदर्शन, ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईपीएल : सन्दीपको उत्कृष्ट प्रदर्शन, ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित

sandeep vs csk

काठमाडौं, ५ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली खेलाडी सन्दीप लामिछानेले फेरि अर्को उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले गएराति महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सविरुद्धको खेलमा चार ओभरमा जम्मा २१ रन खर्चिएर १ विकेट लिइ आफ्नो क्षमता देखाएका हुन् ।

दिल्ली डेयरडेभिल्सका सन्दिपले १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नईका चर्चित खेलाडीविरुद्ध बलिङको मौका पाए । शेन वाटसन, स्याम विलिङस्, महेन्द्र सिंह धोनी, सुरेश रैना र रविन्द्र जडेजाविरुद्ध बलिङको अवसर पाएका सन्दिपले उत्कृष्ट प्रदर्शन गरे । दोस्रो ओभरमा बलिङको मौका पाएका सन्दीपले शेन वाटसनविरुद्ध पाँच वटा डट बल फाले । वाटसनले सन्दिपको पहिलो ओभरमा जम्मा दुई रन प्रहार गरे ।

सन्दिपले ११ औं ओभरमा रैना र धोनीविरुद्ध बलिङ गरे । रैना र धोनीले ३-त३ बलमा ३-३ रन मात्र प्रहार गरे । सन्दिपले १४ औं ओभरको पहिलो बलमा रैनाको विकेट लिए । त्यो ओभरमा सन्दीपले जम्मा २ रन मात्र खर्चिए । आफ्नो अन्तिम ओभरमा भने सन्दिप केही महङ्गा सावित भए । सुरुवाती तीन ओभरमा जम्मा १० रन खर्चिएका सन्दीपले चौंथो ओभरमा ११ रन खर्चिए ।

रविन्द्र जडेजाले सन्दिपको चौंथो ओभरको पहिलो बलमा छक्का प्रहार गरे । बाँकी पाँच बलमा भने बाउन्ड्री कटेन । सन्दिपले समग्रमा २४ बलमध्ये १० वटा डट बल फाले । उत्कृष्ट प्रदर्शनसँगै सन्दीपले ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित भए । सोबापत उनले एक लाख भारतीय रुपैयाँ पाए ।

सन्दीप, ट्रेन्ट बोल्ट, अमित मिश्रा र हर्षल पटेलको किफायती बलिङसँगै दिल्लीले चेन्नई सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले रिसब पन्तको ३८ र हर्षल पटेलको आक्रामक ३६ रनको योगदानमा १ सय ६२ रन बनाएकामा चेन्नई १ सय २८ रनमा समेटिएको थियो ।

आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स तथा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);