अन्तर्राष्ट्रिय टि–२० मा सन्दिपको डेब्यु, विश्व–११ पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अन्तर्राष्ट्रिय टि–२० मा सन्दिपको डेब्यु, विश्व–११ पराजित

sandeep-lamichhane

एजेन्सी, १८ जेठ । नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय टि ट्वान्टीमा डेब्यू गरेका छन् । सन्दीपले विश्व–११ का तर्फबाट वेस्ट इण्डिजविरूद्ध टि ट्वान्टीमा डेब्यू गरेका हुन् ।

डेब्यु खेलमा सन्दीपको टीम पराजित भएको छ । इंग्ल्याण्डको लर्डस मैदानमा गएराति भएको खेलमा सन्दीपले एक ओभर मात्र बलिङको मौका पाए । कप्तान सहिद अफ्रिदीले १३ औं ओभरमा बलिङ गर्न दिएकामा सन्दीपले १३ रन खर्चिए ।

दिनेश रामदिन र मोर्लिन स्यामुयल्सविरुद्ध बलिङ गरेका सन्दीपले एउटा डट बले फाले भने पाँच बलमा रन जोगाउन सकेनन् । सन्दीपको चौंथो बलमा स्यामुयल्सले छक्का प्रहार गरेका थिए ।

लेग स्पिनरले भरिएको विश्व–११ मा त्यसपछि सन्दीपले बलिङको मौका पाएनन् । रसिद खानले ४ ओभरमा ४८ रन खर्चिएर २ विकेट लिए भने थिसरा परेराले २ ओभरमा २७ रन खर्चिए ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ४ विकेट गुमाएर १ सय ९९ रन जोडेकामा जवाफी ब्याटिङ गरेको विश्व–११ ले १६ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २७ रन मात्र बनायो । ५ बल खेलेका सन्दीप ४ रनमा अविजित रहे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);