फ्रेन्च लिग कप: क्वाटरफाइनलमा गुइनग्याम्पद्वारा पीएसजी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

फ्रेन्च लिग कप: क्वाटरफाइनलमा गुइनग्याम्पद्वारा पीएसजी पराजित

ligcup

काठमाडौं, २६ पुस । पेरिस सेन्ट जर्मेइनले फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा अप्रत्यासित पराजय ब्यहोरेको छ ।

फ्रेन्च लिग वानमा अपराजित रहेको पीएसजीले नकआउट प्रतियोगितामा भने लिगको अन्तिम स्थानमा रहेको गुइनग्याम्पसँग २ –१ गोलअन्तरले पराजित हुन पुग्यो । लिग वानमा रेलिगेसनबाट बच्न संघर्षरत गुइनग्याम्पले पीएसजीलाई उसकै मैदानमा अप्रत्यासित रुपमा हराउँदा दुवै गोल पेनाल्टीमा गरेको हो ।

पछिल्लो पाँच सिजन लगातार उपाधि जितेको पीएसजीका लागि नेइमारले ६२औं मिनेटमा गोल गरी अग्रता लिएका थिए । तर, येनी बाकोटोले ८१औं मिनेटमा र मार्कस थुरमले इन्ज्यूरी समयमा गोल गरी टिमलाई शानदार जित दिलाए ।यता लिग वानमा रेलिगेसन जोनमै रहेको थिएरी हेनरी प्रशिक्षित टोली मोनाको भने सेमिफाइनलमा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);