फ्रेन्च लिग वान : पीएसजीद्वारा मेट्ज २–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फ्रेन्च लिग वान : पीएसजीद्वारा मेट्ज २–० ले पराजित

metz vs psg

एजेन्सी,  १४ भदौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । स्टार खेलाडीत्रय नेइमार, एडिन्सन काभानी र केलियन एमबाप्पेविनै मैदान उत्रिएको पीएसजीले मेट्जलाई शुक्रबार रातिको खेलमा २–० ले हराएको हो ।

एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् भने बार्सिलोना फर्किन इच्छुक नेइमारलाई प्रशिक्षकले खेलाएका थिएनन् । पीएसजीको जितमा एन्जल डी मारिया र चोपो मोटिङले १ –१ गोल गरे । खेलको ११ औं मिनेटमा डी मारियाको पेनाल्टी गोलबाट पीएसजीले अग्रता बनाएको थियो ।

यसैगरी ४३ औं मिनेटमा मार्को भेराट्टीले फ्रिकिकमार्फत उपलब्ध गराएको बललाई मोटिङले हेडमार्फत गोलमा परिणत गरे । यो जितसँगै पीएसजी ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);