हिरो गोल्डकप फाइनलमा नेपाल ३-१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिरो गोल्डकप फाइनलमा नेपाल ३-१ ले पराजित

hero gold cup final

काठमाडौं, ४ फागुन । हिरो महिला गोल्डकप फुटबल अन्तर्गत शुक्रवार भएको फाइनलमा नेपाली महिला फुटबल टिमले उपाधी जित्न सकेन ।  भारतमा भएको महिला गोल्डकपको फाइनलमा म्यानमारसँग तीन एकले पराजित भएपछि नेपालको अन्तराष्ट्रिय उपाधि जित्ने सपना लम्बिएको छ ।

उडीसा स्थित कालिंगा रंगशालामा भएको फाइनलमा नेपाल म्यानमार विरुद्ध कमजोर देखियो । टेक्निकल रुपमा नेपाल भन्दा उत्कृष्ट देखिएको म्यानमारले खेलको ३४ औं मिनेटमा अग्रता बनायो । एक गोलले पछि परेको नेपालले ४५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो ।

नेपालका लागि मञ्जली योञ्जले गोल गर्न सफल भइन । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा म्यानमार नेपालमाथि पुरै हावी भयो । खेलको ५३ औं मिनेटमा विन तोङले गोल गर्न सफल भइन । ६२ औं मिनेटमा नेपाल विरुद्ध म्यानमारले तेस्रो गोल थप्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);