प्यालेस्टाइनलाई पराजित गर्दै नेपालको सानदार शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्यालेस्टाइनलाई पराजित गर्दै नेपालको सानदार शुरुवात

काठमाडौं, २५ फागुन । दीपा शाहीको ह्याट्रिक र गरिमा राईको दुई गोलको सहयोगमा बुधवार नेपाली यु–२० महिला टोलीले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पराजित गर्दै एशियन कप छनोट खेलमा सानदार शुरुवात गरेको छ ।

एशियाली फुटबल महासंघ (एएफसी) को आयोजना हुन लागेको छनोट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक टोलीमाथि जित निकाल्न सफल भएको हो । यससँगै नेपालले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा बुधवार सम्पन्न खेलमा नेपाललाई सानदार जित दिलाउन दीपा शाहीले ह्याट्रिक पूरा गर्दा गरिमा राईले दुई तथा एक गोल उपहार पाएको थियो ।
खेलको शुरुवातबाट हाबी भएको नेपालले खेलको २१ औं मिनेटमा दीपाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । २९ औं मिनेटमा गरिमाले टोलीको अग्रता दोब्बर बनाउँदा पहिलो हाफमा नेपालले २–० ले अगाडि रहेको थियो । त्यसपछि नेपालले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । ६४ औं मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अघि बढ्यो । ७५ औं मिनेटमा दीपाले ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ४–० को अवस्थामा पु¥याउँदा ८३ औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्न सफल भइन् । ८५ औं मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपालले ६–० को फराकिलो जित निकाल्न सफल भएको हो ।

नेपाल छनोटको समूह ‘बी’ प्यालेस्टाइन नर्दन मारियाना आइसल्याण्डसँगै छ । यो सूमहमा रहेको संयुक्त अरब इमिरेट् (युएई) ले भने नामा फिर्ता लिएको थियो । नेपालले दोस्रो खेल सोमवार नर्दन मारियान आइसल्यान्डसँग खेल्नेछ । समूहको शीर्ष स्थान रहने टोलीले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);