पेरिस सेन्ट जर्मेन पीएसजीले उचाल्यो सुपर कप फुटबलको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पेरिस सेन्ट जर्मेन पीएसजीले उचाल्यो सुपर कप फुटबलको उपाधि

एजेन्सी, १ माघ । पेरिस सेन्ट जर्मेन पीएसजीले सुपर कप फुटबलको उपाधि जितेको छ । लेन्सको बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे भने मार्सेलीका तर्फबाट दिमिट्री पायटले एक गोल फर्काए । खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ८५ औं मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २–० ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा पायटले एक गोल फर्काएपनि पीएसजी २–१ ले विजयी भयो ।

यससँगै पीएसजीले १० औं पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ । यस्तै मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो करियरकै पहिलो उपाधि समेत हात पार्न सफल भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);