पीएचसीए ओपन सुर्योदय एसईई ३ बाइ ३ बास्केटबल प्रतियोगिता बिहीबार सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पीएचसीए ओपन सुर्योदय एसईई ३ बाइ ३ बास्केटबल प्रतियोगिता बिहीबार सुरु

काठमाडौं, २९ पुष। पहिलो संस्करणको पीएचसीए ओपन सुर्योदय एसईई ३ बाइ ३ बास्केटबल प्रतियोगिता बिहीबार सुरु हुने भएको छ ।

आयोजक सुर्योदय एजिकेसन फाउन्डेसनले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ देखि ३ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । डिल्लीबजारस्थित विद्यालयको मैदानमा हुने प्रतियोगितामा महिला र पुरुष गरी ४८ बढी विद्यालय सहभागि हुनेछन् ।

पुरुषतर्फ ३२ र महिलातर्फ १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले २० हजार उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउने छन् । महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ८ हजार र तेस्रोले ४ हजार पाउने छन् ।

यस्तै मोस्ट भ्यालुएबल प्लेयर, हाई स्कोररले समान २–२ हजार पाउने छन् प्रतियोगितामा कक्षा ८ देखि ११ सम्मका विद्यार्थीले खेल्न पाउने छन् । प्रतियोगिता हरेक वर्ष आयोजना गरिने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);