नेपाल सुपर लिगमा आज धनगढी र पोखरा खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल सुपर लिगमा आज धनगढी र पोखरा खेल्दै

काठमाडौं । नेपाल सुपर लिग अन्तर्गतको खेल आज धनगढी फुटबल क्लव र पोखरा थण्डर्स बीच हुँदै छ । काठमाडौंको दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे खेलाईँदै छ ।

चारवटा खेल खेलेको धनगढी सात अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ । पोखराले भने हालसम्म पाँच अंक जोडेको छ ।

आजको खेल जितेमा धनगढी विराटनगर सिटी फुटबल क्लवलाई पछि पार्दै पहिलो स्थानमा उक्लिने छ । प्रतियोगितामा सातवटा फुटबल क्लवले भाग लिइरहेका छन् ।

हिजो भएको खेलमा काठमाडौं राइजरर्सले बुटवल लुम्बिनी फुटबल क्लवलाई हराएको थियो । प्रतियोगितामा चार खेल खेलेको चितवन फुटबल क्लव दुईअंक सहित सबैभन्दा पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);