ए डिभिजन लिगमा आज मछिन्द्र र शेर्पा भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ए डिभिजन लिगमा आज मछिन्द्र र शेर्पा भिड्दै

A division league

काठमाडौं, ३ माघ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातौं चरणको पहिलो खेल शुक्रबार ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा हुदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सातौं चरणका सबै खेल दशरथ रंगशाला हुने तय गरेको थियो । तर बर्षाका कारण शुक्रवार हुने मच्छिन्द्र हिमालयन शेर्पाबीचको एकमात्र खेल एन्फा मैदानमा हुने एन्फाले जनाएको छ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी लिगमा अपराजित रहदै पहिलो स्थानमा रहेको मच्छिन्द्र क्लब हिमालयन शेर्पा क्लबलाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने प्रयासमा हुनेछ । शेर्पाले पनि रेलिगेशनबाट जोगिन मच्छिन्द्र विरुद्ध अप्रत्यासित नतिजा निकाल्ने कोशिश गर्नेछ ।

लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलबाट १३ अंक जोडेको छ । उसले ४ जित र २ बराबरी खेलेको छ । शेर्पा ४ बराबरी र २ हार सहित ४ अंक जोडेर पुछार देखि दोस्रो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);