डोटीमा जिल्लास्तरीय अन्तर माध्यमिक छात्रा क्रिकेट प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डोटीमा जिल्लास्तरीय अन्तर माध्यमिक छात्रा क्रिकेट प्रतियोगिता सुरु

डोटी, १९ असोज । डोटीमा महिला हिंसाबारे जनचेतना जगाउन जिल्लास्तरीय अन्तर माध्यमिक छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

देशमा शृंखलाबद्ध रूपमा महिला हिंसा बढेपछि त्यसबारे जनचेतना जगाउन तथा महिला एकता कसिलो पार्न पहिलोपटक जिल्लामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा झन्डै ३ सय खेलाडी सहभागी छन् ।

उनीहरूले राजपुरस्थित खप्तड रङ्गशालाको खेल मैदानमा हिंसाविरोधमा कालोपट्टी बाँधेर खेलमा सहभागी भएका छन् । प्रदेश–७ का पहाडी जिल्लामा छात्राका लागि भलिबल र फुटबल जस्ता प्रतियोगिता आयोजना हुने गरेका भए पनि क्रिकेट प्रतियोगिता अहिलेसम्म आयोजना भएको थिएन ।

पहिलो पटक सुजुङ स्कुलले एकल लगानीमा खेलाडीहरूको व्यवस्थापन खर्च समेत बेहोर्ने गरी प्रतियोगिता आयोजना गरिरहेको आयोजक नरेश बलायरले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);