पिएम कप क्रिकेट प्रतियोगिता सुरुः आर्मीले टस जितेर ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पिएम कप क्रिकेट प्रतियोगिता सुरुः आर्मीले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलकुदमन्त्री दावा लामा तामाङ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उदघाटन गरसँगै खेल सुरु भएको हो ।

उद्घाटन खेलमा समूह ‘ए’ बाट बिभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशबिरुद्ध टस जितेर पहिलो ब्याटिङ गरिरहेको छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

३ विभागीय र सात प्रदेश गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश रहेका छन् ।

समुह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश रहेका छन्। समूहमा सबैले एक अर्कोसँग खेले पछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);