एभीसी भलिबल: नेपाल र अफगानिस्तान शुक्रबार भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एभीसी भलिबल: नेपाल र अफगानिस्तान शुक्रबार भिड्दै

avc

काठमाडौं, ५ भदौ । एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगिताका दुबै खेलमा पराजित भएको नेपालले अब एउटा खेल खेल्नेछ । शुक्रबार नेपालले पाँचौं स्थानको प्लेअफका लागि अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।

पाँचौं स्थानको प्लेअफ शुक्रबार दिउँसो तीन बजे हुनेछ । नेपाल र अफगानिस्तान आ–आफ्नो समूहमा तेस्रो भएका थिए । यसक्रममा नेपालले एउटा पनि खेल जित्न सकेन भने अफगानिस्तानले बंगलादेशलाई हराएको थियो । तीनवटै खेलमा पराजित बंगलादेश सातौं भएको छ । नेपाल र अफगानिस्तानवीचको विजेता एसियाली सेन्ट्रल जोन भलिबलको वरियताक्रमको पाँचौं स्थानमा आउनेछन् । यो प्रतियोगिता सुरु हुनुपूर्व नेपालले अफगानिस्तानसँग अभ्यास म्याच खेलेको थियो । दुबै खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);