एसीसी ईस्टर्न रिजन क्रिकेटका लागि १८ खेलाडी छनोट | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

एसीसी ईस्टर्न रिजन क्रिकेटका लागि १८ खेलाडी छनोट

nepal

काठमाडौं, १८ माघ । थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन मेन्स टी–२० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरेको छ । जसमा शेर मल्ल पहिलो पटक सिनियर टिमको १८ खेलाडीको सूचीमा परेका छन् भने भुवन कार्कीले कमब्याक गरेका छन् ।

टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दिप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित पौडेल रहेका छन् ।

यसपटक अनुभवी खेलाडी शरद भेषवाकर, बसन्त रेग्मी टिममा परेका छैनन् । त्रिकोणात्मक सिरीजका लागि छनोट भएका १८ खेलाडीको सूचीमा रहेका सुवास खकुरेल अटाएनन् ।

यहि सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । थाइल्याण्डमा फेब्रेवरी २९ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह ए मा रहेको छ । जसमा नेपाल रहेको समुहमा थाइल्याण्ड, मलेसिया र चीन रहेका छन । समुह बी मा हङकङ, सिंगापुर, भुटान र म्यानमार रहेका छन ।

नेपालले प्रतियोगिताको पहिलो खेल म्यानमारसँग खेल्नेछ भने दोस्रो खेलमा थाइल्याण्ड र तेस्रो खेल मलेसियासँग खेल्नेछ । दुई समुहको शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);