नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ।  त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ ।

शनिबार कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । नेपाली टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । सुसन भारीको स्थानमा अभिनाश बोहोरालाई टिममा राखेको छ । यो सँगै नेपाली टोलीमा चार जना तिब्रगतिका बलर पुगेको छ ।

जसमा सोमपाल कामी, करण केसी, अभिनाश र कमल सिंह ऐरी रहेका छन् । स्पिनरको जिम्मा सन्दिप लामिछानेको काँधमा हुनेछ ।

यस्तै पार्ट टाइम स्पिनरमा कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले सन्दिपलाई साथ दिने छ । नेपाललाई करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय उपाधि जित्ने सुनौलो अवसर हुनेछ ।

लिग चरणमा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदा एक खेल नेपालले जितेको थियो भने एक खेल नेदरलन्ड्सले जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);