ओमानविरुद्ध ब्याटिङ थालेकाे नेपालले गुमायाे तीन महत्वपूर्ण विकेट | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

ओमानविरुद्ध ब्याटिङ थालेकाे नेपालले गुमायाे तीन महत्वपूर्ण विकेट

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेकाे छ । घरेलु टोलीबिरुद्ध अल अमेरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेकाे हाे ।

आठ ओभरमा नेपालले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाइसकेकाे छ । नेपालले ३९ रन बनाएकाे छ । आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको नेपालले सुरुवातमै नराम्राे झट्का बेहाेरेकाे छ । अहिले दीपेन्द्र एरी र आरीफ शेख क्रिजमा छन् ।

यसअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);