नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ ।  अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११७ रन जोड्यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ३८ रन जोडे ।  यस्तै सन्दीप लामिछाने १६ रनमा आउट हुँदा लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए । 

ओमानका खवार अलिले सर्वाधिक तीन विकेट हात पारे ।  विलाल खानले दुई-दुई विकेट हात पारे । ओमानले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);