विश्वकप छनोट : नेपालले टस हारेर बलिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

विश्वकप छनोट : नेपालले टस हारेर बलिङ गर्दै

काठमाडौं, २० फागुन । आइसीसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत समुहको पहिलो खेलमा नेपालले अहिले जिम्बावे विरुद्ध खेलिरहेको छ । जिम्बावेको क्विन्स स्पोर्ट क्लवमा नेपाल विरुद्ध जिम्बावेले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।

जिम्बाबेले ९ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ७९ रन जोडेको छ । ओपनर सेफास जुआओलाई बसन्त रेग्मीले पेभेलियन फर्काएका छन् । नेपाली टिममा पहिलो पटक स्थान बनाएका ललित राजबंशीले डेब्यु गर्ने भएको छन । उनी करण केसीको स्थानमा टिममा आएका हुन् ।

नेपालका लागि सुरुवाती टोलीका रुपमा ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहित कुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, ललित राजवंशी, सन्दिप लामिछाने रहेका छन् ।