एसिसी महिला एसिया कप २०२४ मा नेपालसँगै थाइल्यान्डले पायो अवसर | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एसिसी महिला एसिया कप २०२४ मा नेपालसँगै थाइल्यान्डले पायो अवसर

काठमाडौं,१४ चैत्र । एसिसी महिला एसिया कप २०२४ मा नेपालले खेल्न पाउने भएको छ । एसियाली क्रिकेट काउन्सिल एसिसीले आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलंका हुने महिला एसिया कप २०२४ मा आठ टोली सहभागी गराउने निर्णय गरेपछि नेपालले सहभागि हुने अवसर पाएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो ।

क्यानका अनुसार एसियाली क्रिकेट काउन्सिल एसिसीले विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल खेल्न पाउने भएको हो । फागुनमा सम्पन्न एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग हारेपछि नेपाल एसिसी महिला एसिया कप छनोट हुन असफल भएको थियो । एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम मलेसिया र संयुक्त अरब इमिरेट्स एसिया कपमा छनोट भइसकेका छन् । नयाँ निर्णयपछि नेपाल मात्र होइन, थाइल्यान्डले पनि एसिया कप खेल्न पाउने भएको छ । नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्ने छ ।

यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भइसकेको छ । एसिसीले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । नेपाल भारत र पाकिस्तानसँगै युएइको कठिन समूह ए मा रहेको छ । नेपालले पहिलो खेल उद्घाटन दिन पाकिस्तानसँग खेल्ने छ । त्यसपछि नेपालले जुलाई साउन ६ गते युएईसँग र साउन ८ गते भारतसँग खेल्ने छ । समूह बीमा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् । दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);