राष्ट्रिय बक्सिङमा भूपेन्द्र र जोनु विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय बक्सिङमा भूपेन्द्र र जोनु विजयी

काठमाडौं,१५ चैत्र । १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा र कोसीकी जोनु लिम्बूले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार भूपेन्द्रले पुरुष ६३ केजीमुनि र जोनुले महिला ६० केजी तौलसमूहमा जित निकालेका हुन् । भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द र जोनुले पनि सुदूरपश्चिमकै कविता सिंहलाई हराउँदै जारी प्रतियोगितामा सुखद् शुरुवात गरे । पुरुषको ६३ केजीमुनि नै गण्डकी प्रदेशका निश्चल गुरुङले पनि एपिएफका सोनाम सार्कीमाथि जित रचे । महिलातर्पm ६० केजीमुनि आर्मीकी ललित महर्जनले मधेश प्रदेशकी निस्मा गुरुङलाई हराइन् ।

महिला ५० केजीमुनि तौलसमूहमा वागमती प्रदेशकी रमिशा श्रेष्ठ र आर्मीकी आरती बोम्जनले जित निकाले । रमिशाले सुदूरपश्चिमकी सोनिया सेट्टी र आरतीले कोसी प्रदेशकी शिला राईमाथि जित निकालेका हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमुनि वागमतिका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन र पुलिसका चन्द्रबहादुर थापाले कोसीका फुङलाङ काम्बाङलाई पराजित गरे । पुरुष ५७ केजी तौलसमूहमा नेपाल पुलिस क्लबका निकेश देसार र कर्णाली प्रदेशका सुलभ मालीले सुखद् शुरुवात गरेका छन् ।

निकेशले एपिएफका पूरन राईद्वारा वाक ओभर पाएका हुन् । आइबाको नियमअनुसार सन् १९८४ भन्दा अगाडि जन्मिएका बक्सरले यस वर्षबाट प्रतियोगिता खेल्न पाउने छैनन् । सोहीअनुरूप प्रोटेस्ट परेपछि पुरनले खेल्ने अवसर गुमाएका हुन् । पुरनले अघिल्लो दिन पुरनले मधेस प्रदेशका रबन अलीलाई हराएका थिए । प्रतियोगिताका टेक्निकल टिम प्रमुख पुस्करराज पन्तको गल्तीका पुरनले खेल्ने अवसर पाए र रबन पहिलो चरणबाट आउट भए । उनकै प्रोटेस्टका कारण पुरनमाथि छानबिन भएको पुस्करराजले जानकारी दिए ।

पुरुषको ७१ केजी तौलसमूहमा एपिएफका विक्रम चौधरी र वागमतीका अश्विन धीरन श्रेष्ठले जित निकाले । विक्रमले मधेस प्रदेशका सुजित पराजुली र अश्विनले लुम्बिनी प्रदेशका मनोज श्रेष्ठलाई हराए । प्रतियोगिताको पुरुषमा सात र महिलामा ६ गरी १३ स्पर्धामा गरी कुल १०५ बक्सरले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने बक्सरले २५ हजार, १५ हजार ७.५÷७.५ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष÷महिला बक्सरले भने जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);