करातेः प्रिन्स सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

करातेः प्रिन्स सेमिफाइनलमा

काठमाडौं। बागमती प्रदेशका प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष÷महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४० केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा मधेश प्रदेशका अंकितकुमार ठाकुर तथा बागमतीका निरोज दुधराज र अर्जुन भुजेलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल आईएफकेके संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ४५ केजीमुनि लुम्बिनी प्रदेशका दिनेशकुमार पत्थरकत, बागमतीका अनिल तामाङ, प्रदेश १ का विजय राई, मधेशका अनमोल माझी, बागमतीका सन्जिव बस्नेत, मधेशका महेन्द्र बोहरा र बागमती प्रभात तामाङ क्वाटरफाइनलमा पुग्न सफल भए । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहको आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।

कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आज ९सनिवार०सम्पन्न हुनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);